Rule 115
पारिवारिक निवृत्तभरण
(१) कुनै शिक्षकको नोकरीमा वहाल छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा त्यस्तो मृत शिक्षकले आफ्नो परिवारको सदस्य मध्ये कसैलाई इच्छाएको भए त्यस्ता व्यक्तिले र इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा वा त्यसरी कसैलाई पनि इच्छाएको नभएमा निजको एकाघरको नजिकको हकवालाले निवृत्तभरण पाउनेछ ।
तर यस्तो निवृत्तभरण सात वर्षभन्दा बढी समयसम्म प्राप्त हुने छैन र कुनै शिक्षकको निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई सात वर्ष पुगेपछि निवृत्तभरण प्राप्त हुने छैन ।
(२) शिक्षकको विधुर पति वा विधुवा पत्नीले निजको पति वा पत्नी नोकरीमा छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भई उपनियम (१) बमोजिम पारिवारिक निवृत्तभरण पाउने भएमा सो निवृत्तभरण पाउने अवधि भुक्तान भएको मितिदेखि र त्यस्तो निवृत्तभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तभरण पाउन थालेको सात वर्ष व्यतित भइसकेपछि मृत्यु भएकोमा त्यस्तो शिक्षकको मृत्यु भएको मितिदेखि आजीवन निजले पाउने निवृत्तभरणको आधा रकम पाउनेछ ।
तर यस नियम बमोजिम निवृत्तभरण पाइरहेको शिक्षकले दोहोरो निवृत्तभरण पाउने छैन ।